यादव बने जसपा नेपालको विभागीय प्रमुख
जनता समाजवादी पार्टी (जसपा) नेपालको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा डा.सुरेन्द्र यादव निर्वाचित भएका छन् । ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले उनलाई सर्वसम्मतिले प्रमुखमा चयन गरेको हो ।
प्रमुखमा निर्वाचित भएपछि यादवले जसपा नेपालमा आबद्ध चिकित्सक, स्वास्थ्यकर्मी, शुभचिन्तकको राष्ट्रिय भेला आउँदो माघमा आयोजना गर्ने घोषणा गरे ।
यस्तै, विभागको उपप्रमुखमा डा.अब्दुल कलाम अन्सारी मनोनीत भएका छन् । महासचिव रामकुमार शर्मा र केन्द्रीय सचिव शैलेन्द्र साह उपस्थिति बैठकले उनलाई उपप्रमुखलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
योसँगै विभागका सदस्यमा डा.कविता साह, राजेशप्रसाद यादव, पवित्र नारायण यादव र प्रभाकर सिंहलाई मनोनीत गरिएको छ । सचिव र अन्य पदाधिकारीहरु पनि आजै टुंग्याइने बताइएको छ ।
टिप्पणीहरू