दक्षिण अफ्रिकाबाट उडेको बाज डेढ महिनापछि युरोपमा
एक पोथी बाजले दक्षिण अफ्रिकाबाट फिनल्याण्डसम्मको यात्रा तय गरेको छ । झण्डै डेढ महिनाको उडानपछि बाज फिनल्याण्ड पुगेको जनाइएको छ । यात्राको क्रममा जीपीएस ट्रयाकर जोडिएको उक्त बाजले प्रतिदिन लगभग २३० किलोमिटर पार गरेको देखिन आएको छ ।
अफ्रिकाको उत्तरतर्फ रहेको विशाल मरुभूमि क्षेत्र नपुगुञ्जेल बाज सीधा रेखामा उडेको थियो । भूमध्यसागर माथिबाट जोखिमपूर्वक उडान गर्नबाट जोगिन सुडान र इजिप्टबाट नाइल नदीको बाटो हुँदै पूर्वतर्फ गएको देखिन्छ । त्यसपछि सिरिया र लेबनान पार गरेको बाज ब्ल्याक सागरमाथिबाट उड्न पनि पछि परेको हो ।
तिर्खा लागे उक्त सागरको पानी पिउन नमिल्ने भएकाले बाजले आफ्नो मार्ग सोही अनुसार तय गरेको पाइन्छ । विभिन्न जोखिमबाट जोगिँदै उडेको बाज ४२ दिनमा आफ्नो गन्तव्यमा पुगेको समाचारमा जनाइएको छ ।
टिप्पणीहरू