भूकम्पको केन्द्रबिन्दू चीनको सिचाङमा, धक्का भारत र भुटानसम्म

भूकम्पको केन्द्रबिन्दू चीनको सिचाङमा, धक्का भारत र भुटानसम्म
सुन्नुहोस्

आज बिहान चीनको सिचाङ (तिब्बत) केन्द्रविन्दू बनाएर गएको भूकम्पको धक्का चीनको तिब्बत, नेपाल, भुटान, भारत र बंगलादेशको उत्तरी भेगसम्म महशुस गरिएको छ । 

७.१ म्याग्निच्युडको भूकम्प बिहान नेपाली समयअनुसार ६ बजेर ५० मीनेटमा सिगात्से नजिकै गएको बताइएको छ । उक्त स्थान नेपाली सीमा तातोपानीबाट ८२ किलोमीटर टाढा पर्छ ।

लामो समयसम्म गएको भूकम्पका कारण राजधानी काठमाडौं उपत्यकाबासी घरबाट बाहिर निस्केका थिए । भूकम्पको धक्का सिचाङको दक्षिण, काठमाडौंबाट पूर्व, भारतको उत्तरपूर्व, भुटानको पश्चिम र बंगलादेशको उत्तरी भागमा महशुस गरिएको हो ।

टिप्पणीहरू