७.१ म्याग्निच्युडको भूकम्पपछि लगातार कम्पन, क्षतिको विवरण आउन बाँकी
आज बिहान चीनको सिचाङ (तिब्बत) मा गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पको महशुस नेपाल, भारत, भुटान र बंगलादेशसम्म गरिएकाे छ ।
भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाना कोदारीबाट ८० किलोमीटर उत्तर पूर्वको सिगात्से नजिकैको लोबुचे रहेको खानी तथा भूगर्भ विभागले जनाएको छ ।
भूकम्पको क्षतिको विवरण आइसकेको छैन । पछिल्लो एक घण्टामा केन्द्रविन्दू वरपर पाँच वटा परकम्प गएको छ । बिहान ६ बजेर ५८ मीनेटमा ५.१, ७ बजेर ९ मीनेटमा ५.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
त्यस्तै ७ बजे १७ मीनेटमा ४.८, ७ बजेर २२ मीनेटमा ४.९ म्याग्निच्युड र ७ बजेर २८ मीनेटमा ५ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ ।
टिप्पणीहरू