सिचाङमा ६.८ म्याग्निच्युडको भूकम्प : चिनियाँ भूगर्भ

सिचाङमा ६.८ म्याग्निच्युडको भूकम्प : चिनियाँ भूगर्भ
सुन्नुहोस्

आज बिहान चीनको सिचाङ (तिब्बत) मा गएको भूकम्प ६.८ म्याग्निच्युडको रहेको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जनाएको छ ।

चिनियाँ सञ्चार माध्यम सिजीटिएनका अनुसार चीनको दक्षिण पश्चिम सिचाङ स्वायत्त क्षेत्रको टिङ्ग्री काउन्टीमा स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मीनेटमा भूकम्प गएको हो । भूकम्प जमिनको सतहबाट १० किलोमीटर तल गएको उल्लेख छ । 

नेपाल, भारत, भुटान र बंगलादेशसम्म महशुस गरिएको भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

टिप्पणीहरू