भूकम्पबाट ५३ जनाको मृत्यु, ३८ घाइते

भूकम्पबाट ५३ जनाको मृत्यु, ३८ घाइते
सुन्नुहोस्

आज बिहान चीनको सिचाङ (तिब्बत) मा गएको भूकम्मा परी  ५३ जनाले ज्यान गुमाएका छन् । 

क्षेत्रीय प्रकोप राहत मुख्यालयलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार भूकम्पमा थप ३८ जना घाइते भएका छन् । मृत्यु भएकाहरु सबै तिब्बतकै रहेको जनाइएको छ । 

आज बिहान स्थानीय समय अनुसार बिहान ९:०५ बजे सिजाङ प्रान्तको सिगात्छेस्थित डिङ्ग्री काउन्टीमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको थियो ।  केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ । 

 १० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । नेपाल, भारत, भुटान र बंगलादेशसम्म भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

टिप्पणीहरू