यता नागा बाबा,उता नागा माता
फागुन महिनामा हिन्दु धर्मावलम्बीहरुले शिवरात्री पर्व धुमधामसँग मनाउँछन् । विशेषगरी काठमाडौंको पशुपतिनाथ मन्दिरमा शिवरात्री मेला लाग्छ । त्यसका लागि भारतका विभिन्न स्थानबाट नागा बाबाहरु एकाध हप्ता अगावै यहाँ आइपुग्छन् ।
भोलिदेखि भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा महाकुम्भ मेला २०१५ लाग्दैछ । भारत र नेपालका दशौं लाख हिन्दु धर्मावलम्बी त्यहाँ पुग्दैछन् । आगामी फागुन २५ गतेसम्म हुने महाकुम्भ मेलामा महिला साधुहरुको पनि ठूलै संख्यामा सहभागिता हुने जनाइएको छ ।
प्रयागराजमा भारतका सरस्वती,यमुना र गंगा नदीको त्रिवेणी रहेको छ । त्रिवेणीमा लाग्ने महाकुम्भ मेलामा महिला साधुहरु पनि आकर्षणको अर्को एउटा पक्ष हुने गर्दछन् । नागा बाबाहरुले झैँ उनीहरुले गोप्य अंग देखाउँदैनन् । ती महिलाले पातलो वस्त्र पहिरिन्छन् ।
टिप्पणीहरू