पाँच करोडको सम्पत्ति जोडेका इञ्जिनियरका सबैजना प्रतिवादी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतका एकजना इञ्जिनियरविरुद्ध मुद्दा दायर गरेको छ । विभागअन्तर्गतका विभिन्न कार्यालयमा छँदा इञ्जिनियर विष्णुकुमार श्रेष्ठले अकुत सम्पत्ति कमाएको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको बताइएको छ ।
श्रेष्ठको चार करोड ८८ लाख ३० हजार तीन सय २९ दशमलव ५४ पैसाको स्रोत नखुलेको आयोगको दाबी छ । उनी लामो समय सिँचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणको विभिन्न भौतिक संरचना निर्माणमा संलग्न थिए । सोही क्रममा उनले उक्त रकम बराबरको अवैध सम्पत्ति जोडेको आरोप छ ।
इञ्जिनियरले स्रोत नखुलेको रकमबाट काठमाडौं, ललितपुरमा घर जग्गा जोडेको बुझिएको छ । त्यसैगरी गाडी खरिद गरेको विभिन्न कम्पनीमा लगानी गरेको पाइएको हो । आयोगले श्रीमती लक्ष्मीकुमारी श्रेष्ठ, बुवा हरिकुमार श्रेष्ठ, आमा इन्द्रकुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठलाई समेत प्रतिवादी बनाएको छ ।
टिप्पणीहरू