कंगोबाट फर्किएको सैन्य टोलीसँगै सात जना घर बिदामा
संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत कङ्गोमा शान्ति स्थापनार्थ तैनाथ नेपाली फौज स्वदेश फर्किएको छ । सेनानी देवेन्द्र खत्रीको कमाण्डमा ‘युनाइटेड नेशनल स्टयाबिलाइनेशन मिसन इन डेमोकेट्रिभ रिपब्लिक अफ कङ्गो’ मा खटिएका एक सय ९५ जना सैनिक आज नेपाल फर्किएको बताइएको छ ।
इथोपियन एअरलाइन्सको उडान नम्बर ईटी ८७०४ बाट बिहान ९ बजेर ३८ मीनेटमा उक्त सैन्य टोली काठमाडौं उत्रिएको थियो । स्वदेश फर्किएको टोलीमा महावीर शौर्य गण (शा.से) को ३० र २७ औ डफ्फा, श्री केवलजंग गुल्म क्युआरएफ (शा.से) तेस्रो डफ्फाका गरेर एक सय ८७ जना छन् । ती बाहेक घर बिदामा पनि सात जना आज काठमाडौं आइपुगेका हुन् ।
टिप्पणीहरू