श्रीलंकाद्वारा बीआरआईको मुक्तकण्ठले प्रशंसा
श्रीलंकाले चीनको बीआरआई सहयोगमार्फत् क्षेत्रीय सम्पर्क (रिजनल कनेक्टिभिटी) बढाउन सहयोग पुग्ने विश्वास लिएको छ । श्रीलंकाली राष्ट्रपति अनुरा कुमारा दिशानायेकेले चीनको राजकीय भ्रमणको क्रममा बेइजिङमा उक्त धारणा राखेका हुन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा दुई मुलुकबीच आर्थिक सम्बन्धलाई प्रगाढ बनाउने र बेल्ट एण्ड रोड सहयोगलाई परिष्कृत ढंगले अघि बढाउनेबारे छलफल भएको जनाइएको छ । राष्ट्रपति दिशानायकेले भनेका छन्, ‘श्रीलंका चीनसँगको सहयोगलाई भौतिक पूर्वाधार, ऊर्जा, कृषि, वित्त, गरिबी निवारण, डिजिटल ट्रान्सफर्मेसन, पर्यटनलगायत क्षेत्रमा थप मजबुत बनाउन चाहन्छ ।
दुई मुलुकबीच हिजो बीआरआई सम्बन्धी सम्झौता भएको छ । त्यसैगरी कृषि उत्पादन, समाज कल्याण, समाचार तथा प्रशारणलगायत क्षेत्रमा विभिन्न समझदारीसमेत भएको छ ।
टिप्पणीहरू