अमेरिकी राष्ट्रपतिको निश्कर्ष ‘कुलीनतन्त्रले जरा गाड्दै’

अमेरिकी राष्ट्रपतिको निश्कर्ष ‘कुलीनतन्त्रले जरा गाड्दै’

अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकामा ‘कुलीनतन्त्र’ हावी हुँदा लोकतन्त्र खतरामा परेको निश्कर्ष निकालेका छन् । आगामी आइतबार चार वर्षको कार्यकाल पूरा गर्न लागेका राष्ट्रपतिले नयाँ राष्ट्रपति डोनल्ड ट्रम्प र विश्वका धनी एलन मस्कतर्फ लक्षित गर्दै अमेरिकामा सीमित र अति धनीहरुको ‘कुलीनतन्त्र’ शुरु हुन लागेकोमा चिन्ता व्यक्त गरेका हुन् ।

अमेरिकी जनतालाई बिदाइ सम्बोधन गर्दै बाइडनले अमेरिकामा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमले लोकतन्त्र, मौलिक हक र स्वतन्त्रतामाथि नै खतरा बढेको बताए । सोमबारदेखि सत्ता सम्हाल्न लागेका ट्रम्पलाई शुभकामना दिँदै उनले भने,‘ केही सीमित र अति धनाढ्य व्यक्तिको हातमा डरलाग्दो रूपमा शक्ति केन्द्रित हुने सम्भावना बढेको छ ।’

ट्रम्पले मस्कलाई संघीय सरकारको खर्च कटौती सम्बन्धी विशेष सल्लाहकारमा नियुक्त गर्ने पक्कापक्की छ । अमेरिकीहरू सामाजिक सञ्जालका कारण झुठो र गलत सूचनाको पहिरोमा पुरिएकोतर्फ राष्ट्रपतिले सचेत गराएका छन् । उनले एआईको विकासमा चीनले फड्को मारेकोमा पनि उनले घुमाउरो असन्तुष्टि व्यक्त गर्दै त्यसको नेतृत्व अमेरिकाले लिनुपर्नेमा जोड दिए ।

टिप्पणीहरू