संबैधानिक अङ्गका पदाधिकारीहरु लर्को लागेर दक्षिणतिर
सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकाल,निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारी र अख्तियारका आयुक्त किशोर सिलवाल हिजो दिउँसो इण्डिगो एअरको एउटै उडानमा भारतको मुम्बईतर्फ प्रस्थान गरेका छन् ।
सिलवाल उच्चका पूर्व न्यायाधीश र भण्डारी पनि वरिष्ठ कानुन व्यवसायी नै हुन् । कानुनी पृष्ठभूमिका तीनै जना उच्च सरकारी अधिकारीहरु एउटै उडानमा श्रीमतीसहित मुम्बई किन गए कारण खुलेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउञ्ज प्रयोग गरेका सबै जनाले आ–आफ्नो कार्यालयमा भने यात्रा प्रयोजन निजी भनेर उल्लेख गरेका छन् । सिलवाल निकटस्थ अख्तियारका एक जना कर्मचारीले बताए, ‘सामाजिक कार्य र सोहीअनुरुपको बिदा भनिएकोले साथीभाइ या आफन्तका सन्तानको वैवाहिक या अन्य खुशियालीमा सामेल हुन गएको हुनुपर्छ ।’
निर्वाचन आयोग र सर्वोच्च स्रोतले पनि उहाँहरु निजी बिदामा भारत गएको बताएको छ ।
टिप्पणीहरू