रवि छुटेको पाँच दिनपछि छवि अदालतमा

रवि छुटेको पाँच दिनपछि छवि अदालतमा

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका प्रतिवादी गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन उपाध्यक्ष तथा पूर्व डिआइजी छविलाल जोशी काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् ।

कास्कीबाट छुटेपछि गत आइतबार नै अदालमा उपस्थित हुनुपर्नेमा उनी एक हप्तापछि आज अदालतमा हाजिर भएका हुन् । मुद्दाको पेशी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा तोकिएको छ । 

स्वर्णलक्ष्मी सहकारीमा ६९० बचतकर्ताको झण्डै एक अर्ब २० करोड रकम अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ । ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकोमा रास्वपा सभापति तथा गोर्खा मिडियाका तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछाने ६० लाख धरौटी बुझाएर थुनामुक्त भइसकेका छन् । 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा मुद्दा चलाइएका रवि र छवि क्रमश: ६५ लाख र ८८ लाख धरौटी बुझाएर छुटेका थिए । उक्त मुद्दा अदालतमा विचाराधीन छ ।

टिप्पणीहरू