सर्वोच्च अदालत सिल, वामदेवलाई पनि बाधा
सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको स्वाब परीक्षण गर्दा हिजो आएको रिपोर्टमा पोजिटिभ देखिएको छ । भण्डारी बुधबारको पूर्ण इजलासमा बसेका थिए, जहाँ सबै न्यायाधीश थिए । भण्डारीको पोजिटिभ रिपोर्टको कारण आजदेखि सबै न्यायाधीश होम क्वारेण्टिनमा बस्नुपर्ने भएकोले सर्वोच्च अदालत घोषित रूपमा बन्द भएको छ ।
स्रोतका अनुसार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाशबाहेक अरु सबै स्थगित गरिएको छ । अब कम्तिमा पाँच दिन होम आइसोलेशनमा बसेपछि मात्र सबै न्यायाधीशको पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ ।
सर्वोच्च अदालत स्रोतका अनुसार अधिकांश न्यायाधीशलाई हल्का ज्वरोसहित रुघा र खोकीको लक्षण देखिएको छ । सर्वोच्चमा यतिखेर १९ जना न्यायाधीश छन् । न्यायाधीशहरूलाई कोरोना संक्रमणको आशंकाले यता नेकपा उपाध्यक्ष वामदेव गौतमको आगामी बुधबारको लागि तय भएको संवैधानिक इजलासमा राखिएको मुद्दाको सुनुवाई धरापमा परेको छ ।
टिप्पणीहरू