ट्रम्पलाई पनि पैसावाल नै प्यारो
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको केही घण्टापछि सत्ताको बागडोर सम्हाल्दै छन् । शक्तिराष्ट्रको शक्तिशाली पदमा पुगेका उनको शपथग्रहण कार्यक्रम नेपाली समयअनुसार भरे मध्यरातलाई राखिएको छ ।
समारोहमा अमेरिकाको डेढ सय वर्षको पछिल्लो इतिहासमा पहिलो पटक विदेशी राष्ट्रका प्रमुख तथा सरकार प्रमुखलाई निम्ताइएको छ । तर, अधिकांश मुलुकका प्रमुख तथा सरकार प्रमुखले आफ्ना विशेषदूतलाई पठाउने जानकारी दिएका छन् । चीनका राष्ट्रपतिले उपराष्ट्रपतिलाई र भारतका प्रधानमन्त्रीले विदेशमन्त्रीलाई आफ्नो प्रतिनिधिको रुपमा वासिङ्टन डिसी पठाएका छन् ।
अमेरिकाले सन् १८७४ पछि पहिलो पटक शपथग्रहण समारोहमा विदेशी राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई निम्त्याएको हो । तर दक्षिण अमेरिका र युरोपका केही मुलुकबाहेक अन्यत्रबाट आजको समारोहमा सरकार प्रमुख तथा राष्ट्र प्रमुखको सहभागिता नहुने भएको छ ।
तर,व्यापारी तथा धनाढ्य डोनाल्ड ट्रम्पको शपथ ग्रहणमा फेसबुक (मेटा) का सिईओ मार्क जुकरबर्ग,अमेजोनका सिईओ जेफ बेजोस,टेस्लाका प्रमुख एलन मस्क,एप्पलका टिम कुक, टिकटकका सोउ चोउ र गुगलका सुन्दर पिचाई आज ह्वाइट हाउसको विशेष समारोहमा उपस्थित हुँदैछन् । उनीहरुलाई अमेरिकी मन्त्रीहरु बस्ने लहरमा राखिँदै छ ।
टिप्पणीहरू