बैंकक पुगे नेपाली महिला उद्यमीहरु
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत महिला उद्यमी विकास समितिको प्रतिनिधिमण्डलले थाइल्याण्डस्थित थाई चेम्बर अफ कमर्सका प्रतिनिधिहरुसँग भेट गरेको छ ।
आज बैंककमा भएको व्यवसायिक भेटवार्तामा प्रतिनिधिमण्डलले थाई कमर्सका उच्च पदाधिकारी तथा त्यहाँका उद्योगी व्यवसायीसँग द्विपक्षीय लगानी अभिवृद्धिबारे छलफल गरेको महासंघले जानकारी दिएको छ ।
टोलीमा महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठ, किशोर आचार्य, केन्द्रीय सदस्य एवम् महिला उद्यमी विकास समितिकी सभापति कमला श्रेष्ठ र व्यापार तथा निकासी प्रवद्र्धन विकास समितिका सदस्य निराजन चलाउनेलगायत छन् ।
थाई चेम्बर अफ कमर्सको निमन्त्रणामा बैंकक पुगेको प्रतिनिधिमण्डलले द्विपक्षीय भेटका क्रममा नेपालमा लगानीका लागि आग्रह गरेको बताइएको छ । प्रतिनिधिमण्डलले नेपालमा आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय मेला महोत्सवमा सहभागी हुन थाई व्यवसायीहरुलाई अनुरोध गरेको छ ।
भेटमा थाई चेम्बरका बोर्ड अफ ट्रेड बन्जरड चोल्भीजानले नेपाली महिला उद्यमीको क्षमता अभिवृद्धि तथा अन्य सहकार्यका लागि थाई चेम्बर सकारात्मक रहेको बताइन् । नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन प्रकाश भण्डारी भेटवार्तामा सहभागी भएका थिए ।
टिप्पणीहरू