ट्रम्पको मनमौजी निर्णयमा कोलम्बियाको चेतावनी, अमेरिकी सैनिक विमान फिर्ता

ट्रम्पको मनमौजी निर्णयमा कोलम्बियाको चेतावनी, अमेरिकी सैनिक विमान फिर्ता
सुन्नुहोस्

कोलम्बियाले आप्रवासीहरु बोकेको अमेरिकी सैन्य विमानलाई फिर्ता पठाइदिएको छ । अमेरिकामा रहेका अवैध आप्रवासी कोलम्बियालीहरुलाई अमेरिकाले विमानमा राखेर फिर्ता लगेको थियो । कोलम्बियाको उक्त निर्णयका कारण रिसाएका राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँबाट आयात गरिने सामानमा शुरुमा २५ प्रतिशत र त्यसपछि ५० प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

कोलम्बियाली नागरिक बोकेका दुई वटा अमेरिकी सैन्य जहाजलाई फिर्ता पठाइदिएपछि अमेरिकाले कोलम्बियाका सरकारी अधिकारीमाथि पनि भिसा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

उता कोलम्बियाले पनि अमेरिकी सामानमा २५ प्रतिशत कर लगाउने जवाफ दिएको छ । आप्रवासी कोलम्बियाली नागरिक बोकेका दुई वटा अमेरिकी सैन्य जहाजलाई फिर्ता पठाइदिएपछि अमेरिकाले कोलम्बियाका सरकारी अधिकारीमाथि पनि भिसा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

कोलम्बियन राष्ट्रपति गुस्तावो पेट्रोले आप्रवासीहरु अपराधी नभएको जिकिर गर्दै सैन्य विमानमा राखेर पठाउनुको कुनै अर्थ नभएको बताए । कोलम्बियामा पनि १५ हजारभन्दा बढी अमेरिकी नागरिक अवैध रुपमा बसोबास गर्दै आएका छन् ।

टिप्पणीहरू