हल्ला सवा करोड, कार्यान्वयन १० प्रतिशतभन्दा कम
288 shares
![हल्ला सवा करोड, कार्यान्वयन १० प्रतिशतभन्दा कम](https://janaaastha.prixacdn.net/media/albums/trump_O9nCwJjlP4.jpg)
दोस्रो पटक अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले धेरै वटा कार्यकारी आदेश जारी गरे । तीमध्ये अन्तर्राष्ट्रिय सहयोग बन्द,मेक्सिकोसँगको सीमामा संकटकाल लागुदेखि विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अलग हुने र एक करोड १७ लाखभन्दा बढी अवैध आप्रवासीलाई निश्कासनको आदेश विशेष चर्चामा छन् ।
राष्ट्रपतिको कुर्सीमा बसेको एक सातामै उनले कोलम्बियाका केही आप्रवासीलाई सैनिक विमानमा राखेर उनीहरुको मुलुक फिर्ता पठाए ।
यता,अमेरिकी सञ्चार माध्यमहरुले त्यहाँबाट विश्वका झण्डै दुई सय मुलुकमा फिर्ता पठाउन लागिएका अवैध आप्रवासीहरुको संख्या सार्वजनिक गरेका छन् । जसमा कुनै मुलुुकको एक जनादेखि सबैभन्दा धेरै होण्डुरसका दुई लाख ६१ हजार जना छ । विशेषगरी संयुक्त राज्य अमेरिकामा मेक्सिको,क्यारिबियन र दक्षिण अमेरिकी मुलुकका आप्रवासीहरुको संख्या उल्लेख्य रहेको छ ।
तर, एक करोड १७ लाख अवैध आप्रवासी भनिएकामा अमेरिकाले निष्कासन गर्न लागेकाको संख्या जम्मा १४ लाख ४५ हजार ५४९ भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । अनौपचारिक रुपमा बाहिर आएको उक्त आँकडा कूल संख्याको १० प्रतिशतभन्दा कम हो ।
भारतका १७ हजार ९४०, चीनका ३७ हजार ९०८, लाओस चार हजार ८५०, नाइजेरिया तीन हजार ६९०, रुसी तीन हजार ५१८, फिलिपिन्स तीन हजार ७७२, पोल्याण्ड दुई हजार ३०३, सोमालिया चार हजार ९०, श्रीलंका तीन हजार ६५, टर्की तीन हजार १०३, सेनेगल एक हजार ६८९, बेलायत एक हजार १५७, दक्षिण कोरिया एक हजार २२९ छन् ।
एक अध्ययनअनुसार चार करोड विदेशी अमेरिकामा बसोबास गर्छन् । तीमध्ये एक करोड १७ लाख अवैध हुन् । ७५ वर्षअघि अमेरिकामा आप्रवासीहरुको संख्या मुश्किलले ४५ हजार थियो । ती पनि अधिकांश मेक्सिकोदेखि मध्य अमेरिकी देशका थिए ।
हाल रहेकामध्ये सबैभन्दा धेरै मेक्सिकोका ५३ लाख १३ हजार छन् । त्यसपछि क्रमशः एल साल्भाडोरका सात लाख ४१ हजार, ग्वाटेमालाका सात लाख २४ हजार,भारतका पाँच लाख ५३ हजार, होण्डुरसका चार लाख ९० हजार मुख्य छन् ।
क्षेत्रगत हिसाबले त्यहाँ रहेका अवैध आप्रवासीमध्ये मेक्सिको र मध्य अमेरिकी देशका ७३ लाख ८१ हजार छन् । क्यारिबियन मुलुकका तीन लाख २७ हजार, दक्षिण अमेरिकाका नौ लाख सात हजार भएको अनुमान छ । क्यानाडा,युरोप र अष्ट्रेलिया क्षेत्रका साढे चार लाख, एसियाका १६ लाख ९७ हजार,अफ्रिकाका झण्डै तीन लाख भएको आँकडा छ ।
अमेरिकामा दुःखजिलो गर्दै आएका अवैध आप्रवासीमध्ये पाँच वर्षभन्दा कम वर्षदेखि बसोबास गरेकाको संख्या २३ लाख ७० हजार छ भने पाँचदेखि नौ वर्ष पुगेकाको संख्या १७ लाख ४४ हजार छ । त्यस्तै १० देखि १४ वर्षसम्म बसेका २१ लाख ३२ हजार, १५ देखि १९ वर्ष भएकाहरु २३ लाख ६८ हजार एवम् २० वर्षभन्दा बढी वर्षदेखि अमेरिकामा रहेका अवैध आप्रवासीको संख्या २४ लाख ३३ हजार पुगेको छ ।
उमेरका हिसाबले उनीहरुमा १६ वर्षभन्दा कमका ६ लाख बढी, १६ देखि २४ वर्ष उमेरका १५ लाख ७७ हजार, २५ देखि ३४ वर्षका झण्डै ३० लाख, ३५ देखि ४४ वर्षका करिब ३१ लाख, ४५ देखि ५४ वर्ष उमेरका पौने १८ लाख र ५५ वर्षभन्दा माथिका अवैध आप्रवासीको संख्या साढे १० लाख भएको बताइन्छ । लिंगको हिसाबले महिलाको संख्या आधाभन्दा थोरै ५० लाख ६२ हजारको हाराहारीमा छ । यो ४६ प्रतिशतको नजिक हुन आउँछ ।
निष्कासन गर्न लागिएकामध्ये एल साल्भाडोरका दुई लाख तीन हजार ८२२, ग्वाटेमाला दुई लाख ५३ हजार ४१३, मेक्सिको दुई लाख ५२ हजार ४४, निकारागुवा ४५ हजार ९९५, पेरु १३ हजार ७६९, भेनेजुयला २२ हजार ७४९, कोलम्बिया २७ हजार ३८८, क्युबा ४२ हजार ८४, निकारागुवा ४५ हजार ९९५, डोमिनिकन रिपब्लिक १२ हजार ६९९, इक्वेडर ३१ हजार २५२, हाइटी ३२ हजार ३६३, जमैका पाँच हजार १२० मुख्य हुन् ।
त्यसैगरी भारतका १७ हजार ९४०, चीनका ३७ हजार ९०८, लाओस चार हजार ८५०, नाइजेरिया तीन हजार ६९०, रुसी तीन हजार ५१८, फिलिपिन्स तीन हजार ७७२, पोल्याण्ड दुई हजार ३०३, सोमालिया चार हजार ९०, श्रीलंका तीन हजार ६५, टर्की तीन हजार १०३, सेनेगल एक हजार ६८९, बेलायत एक हजार १५७, दक्षिण कोरिया एक हजार २२९ छन् ।
त्यस्तै नेपालका एक हजार ३६५, उत्तर कोरियाका तीन, भुटानका १२२, बंगलादेशका चार हजार ८३७, अफगानिस्तानका एक हजार ७०८, मोनाकोका एक जना र पाकिस्तानका सात हजार ७६० जनालाई अमेरिकाबाट निष्कासन गरिने बताइएको छ । तर, राष्ट्रपति ट्रम्पले ती विदेशीलाई सम्बन्धित मुलुकले आफ्नो खर्चमा अमेरिकाबाट ल्याउनुपर्ने अनौठो धारणा राख्नुले पनि राजनीतिक स्टन्टबाजीलाई संकेत गरेको धेरैको विश्लेषण छ ।
288 shares
टिप्पणीहरू