अमेरिकाले भनेको नमान्ने मुलुकमाथि करको भार थोपर्ने ट्रम्पको रणनीति

अमेरिकाले आजदेखि छिमेकी मुलुकहरु मेक्सिको, क्यानडासँगै चीनबाट आयात हुने बस्तुमा कर लगाएको छ । जनवरी २० तारिखका दिन र त्यसभन्दा अघिदेखि ती मुलुकले अमेरिकालाई सहयोग नगरेको जनाउँदै कर थोपर्ने बताउँदै आएका थिए ।
राष्ट्रपति ट्रम्पले ती मुलुकमाथि कर लगाउन जारी गरेको कार्यकारी अधिकार आजदेखि कार्यान्वयन भएको छ । पहिलो चरणमा मेक्सिको र क्यानडाबाट आयात हुने सम्पूर्ण वस्तुमा २५ प्रतिशत र चिनियाँ सामानमा १० प्रतिशत कर लाग्ने भएको छ । क्यानडाबाट आयात गरिने तेलमा १८ फेब्रुअरीदेखि १० प्रतिशत कर लगाईंदै छ ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभेटले मेक्सिको र क्यानडाले अवैधरूपमा लागूऔषध फेन्टानिल अमेरिकामा तस्करी हुनबाट रोक्न कुनै पहल नगरेको बताइन् । सोही कारण लाखौं अमेरिकीको ज्यान गएकाले उनीहरुविरुद्ध कर थोपरिएको जानकारी दिइएको छ । ती मुलुकले अमेरिकामा अवैध आप्रवासीको प्रवेशमा रोक लगाएको अवस्थामा मात्रै कर हटाइने चेतावनी दिइएको छ ।
युरोपियन युनियनले पनि सहयोग नगरेकाले अमेरिका आयात हुने सामानमा कर लगाउने योजना बनाइएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी कदमको उचित जवाफ दिने बताएका छन् ।
टिप्पणीहरू