स्कुल बस दुर्घटना र मःमः पसल बिस्फोटमा मृतकको संख्या बढ्यो

काठमाडौंको शंखरापुर नगरपालिका–५ मा गत बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । मेडिसिटी अस्पतालमा उपचाररत १० वर्षीय विद्यार्थी सनसाइन तामाङको निधन भएको बताइएको छ ।
उनको मृत्युसँगै चाबहिलको एसएस एकेडमीका विद्यार्थी नगरकोट पिकनिकबाट फर्कने क्रममा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको हो ।
यता कमलपोखरीस्थित मःमः पसलमा गत माघ २३ गते भएको ग्यास बिस्फोटमा घाइते अर्का एक जनाको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौँ कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीन जना घाइतेको यसअघि निधन भएको थियो । घाइते सात जनाको उपचार उक्त अस्पतालमा भइरहेको छ ।
टिप्पणीहरू