भारतीय राजधानीमा बिहान सबेरै भूकम्प

भारतको राजधानी नयाँ दिल्लीमा बिहान सबेरै भूकम्प गएको छ । बिहान ५ बजेर ३६ मीनेटमा गएको ४ रेक्टर स्केलको भूकम्पले नयाँ दिल्ली र वरपरको क्षेत्रलाई हल्लाएको छ ।
यसअघि जनवरी ७ को बिहान चीनको सिचाङमा गएको ७.१ रेक्टर स्केलको भूकम्पको धक्का पनि महशुस गरिएको बताइन्छ । त्यसभन्दा पहिले सेप्टेम्बर ११ मा पाकिस्तानको कारोरमा गएको ५.८ रेक्टर स्केलको भूकम्पले पनि नयाँ दिल्लीका स्थानीयलाई झस्काइदिएको थियो ।
टिप्पणीहरू