क्यानडामा अमेरिकी विमान दुर्घटनाग्रस्त

क्यानडामा अमेरिकी विमान दुर्घटनाग्रस्त

क्यानाडाको टोरन्टोमा अवतरण गर्ने क्रममा एउटा अमेरिकी विमान पल्टिएको छ । दुर्घटनामा एक बालकसहित १९ जना गम्भीर घाइते रहेको र तीन जनाको अवस्था जटिल भएको बताइएको छ ।

मिनेसोटाबाट टोरन्टोका लागि उडेको डेल्टाको उडानमा चार जना चालक दलका सदस्यसहित ८० जना थिए । 

चर्को सिरेटोसँगै हिउँ परिरहेको समयमा अवतरण गर्न लागेको विमान दुर्घटनामा परेको हो । विमानस्थल वरपरको तापक्रम माइनस ८ डिग्री सेल्सियस रहेको बताइन्छ । 

टिप्पणीहरू