ट्रम्पको दाबी झुठो रहेको अमेरिकी नेपालीको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएडलगायत विभिन्न एजेन्सीमार्फत् विश्वका विभिन्न मुलुकलाई उपलब्ध गराइएको अर्बौं डलर अनुदानमा घप्लाबाजी भएको बताएपछि विश्वमा नयाँ तरंग उत्पन्न भएको छ । युक्रेनलाई दिइएको भनिएको ३५ अर्ब अमेरिकी डलरमध्ये राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफ्नो मुलुकले १० अर्ब मात्रै पाएको प्रतिक्रिया दिएको उल्लेख गर्दै ट्रम्पले २५ अर्ब डलरसँगै अन्य मुलुकलाई दिइएको अनुदानमाथि प्रश्न उठाएका हुन् ।
विश्वका विभिन्न मुलुकलाई गरिएको सहयोगका विवरण सार्वजनिक गर्दै उनले नेपाल पठाइएको वित्तीय संघीयता कार्यान्वनका लागि दुई करोड र जैविक विविधता संरक्षणका लागि एक करोड ९० लाख डलर अनावश्यक थियो भनेका छन् । यसअघि जो बाइडेन नेतृत्वको डेमोक्रेट सरकारले नेपाललगायत मुलुकलाई दिएको सहयोग रकमलाई उनले इङ्गित गरेका हुन् ।
‘पहिलो कार्यकालमा कुनै रकम कटौती गरेका थिएनन् । अहिले आएर ठगी भएको थियो भन्ने आधार के ?’
सङ्गसङ्गै ट्रम्पले भारतीय मतदाताका नाममा पठाइएको दुई करोड १० लाख डलरलगायत विभिन्न मुलुकको विवरण सार्वजनिक गरिदिएका छन् । तर,उनले औपचारिक कार्यक्रममा व्यक्त गरेको धारणालाई अमेरिकी नागरिक बनिसकेका नेपालीहरुले प्रश्न उठाएका छन् ।
नेपाल छँदा पत्रकारितामा सक्रिय रामचन्द्र भट्ट सामाजिक सञ्जालमा लेख्छन्, ‘डोनाल्ड ट्रम्प पहिलो पटक राष्ट्रपति भएका होइनन् । अघिल्लो पटक राष्ट्रपति हुँदा ती सबै सहयोग यथावत थिए । अघिल्लो सरकारलाई दोष थोपर्नु उचित होइन ।’
ट्रम्प पहिलो पटक सन् २०१७ जनवरीदेखि २०२१ जनवरीसम्म राष्ट्रपति थिए । त्यसपछि गत जनवरीसम्मको पछिल्लो चार वर्ष डेमोक्रेटिक पार्टीका जो बाइडेन राष्ट्रपति रहे । भट्ट लेख्छन्, ‘पहिलो कार्यकालमा कुनै रकम कटौती गरेका थिएनन् । अहिले आएर ठगी भएको थियो भन्ने आधार के ?’
नेपाललाई जैविक विविधता संरक्षणका लागि दिइएको एक करोड ८० लाख र वित्तीय संघीयताका लागि दिइएको भनिएको दुई करोड डलर बाइडेनको पालाभन्दा अघिदेखि रहेको भटट्को दाबी छ । उनले लेखेका छन्, ‘यी दुबै परियोजनाको निरन्तरता ट्रम्पको पहिलो कार्यकालभन्दा अघिदेखि हो ।’
टिप्पणीहरू