जन्ती पुर्याएर फर्केको बस भीरबाट खस्यो

जन्ती पुर्याएर फर्केको बस भीरबाट खस्यो

काभ्रेपलाञ्चोकमा भएको बस दुर्घटनामा एक जनाको निधन भएको छ ।  तेमाल गाउँपालिका ३, कुन्डोलमा भएको दुर्घटनामा अर्का एकजना घाइते भएको बताइन्छ । 

जन्ती पुर्याएर फर्केका ना.४ ख ८८१७ बस सडकबाट दुई सय मीटर तल खसेको छ । 

स्थानीय ५० वर्षे राम सिङ तामाङको निधन भएको छ भने सवारी चालक मकवानपुरको बागमति गाउँपालिकाका कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू