एकीकृत समाजवादीका दिवंगत नेताकाे श्रद्धाञ्जलीपछि आर्यघाटमा दाहसंस्कार

नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह–इञ्चार्ज विदुर सापकोटाको निधन भएको छ । उनको हेल्पिङ हायन्डस् अस्पतालमा आज बिहान निधन भएको बताइएको छ ।
अचानक बिरामी भएपछि अस्पताल पुर्याइएका सापकोटाको उपचारको क्रममा बिहान ४ बजे निधन भएको हो ।
पहिले एमाले काभ्रेको सचिव रहेका उनी पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सह–इञ्चार्जको भूमिकामा थिए । उनी २०७० को संविधानसभा निर्वाचनमा काभ्रे ४ बाट विजयी भएका थिए ।
सापकोटाको शवलाई श्रद्धाञ्जलीका लागि बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगर तिनकुनेमा राखिएपछि दाहसंस्कारको निम्ति पशुपति आर्यघाट लगिँदै छ ।
टिप्पणीहरू