स्थगित एमसिसी,चम्किँदै बिआरआई

काठमाडौंमा आयोजित एक कार्यक्रममा चीनको बिआरआई परियोजनावारे बृहत चर्चा गरिएको छ । "काष्ठमण्डप डाइलग"को पहिलो श्रृंखलाअन्तर्गत उक्त परियोजना नेपाल–चीन मित्रता र सहयोगमा समृध्द भविष्यको रुपमा देखा परेको बताइएको छ ।
सभामुख देवराज घिमिरे,भूतपूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायतले सम्बोधन गर्नुभएको आज बिहानको उक्त कार्यक्रममा वक्ताहरुले बिआरआई र नेपालको विकासबारे चर्चा गरेका थिए ।
पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसिसी, सहयोग एजेन्सी युएसएडका सबै योजना र बजेट स्थगित तथा रद्ध गरिएको परिप्रेक्ष्यमा भएको चिनियाँ सहयोग परियोजनासम्वन्धी छलफललाई सकारात्मक रुपमा लिइएको छ ।
टिप्पणीहरू