गिर्ने चिन्ता

अचेल मन्त्री हुनेहरू, सांसद हुनेहरू, कुनै संस्थाको प्रमुख हुनेहरू पदमा आएको दिन यसो भन्ने गर्छन्, म यो संस्थाको साख गिर्न दिन्नँ ।

साख गिर्न नदिने सबै नेता एवं उपनेताज्यूहरूलाई धन्यवाद ! साख गिर्न नदिन उहाँहरूले जे गर्नु हुनेछ, त्यो निश्चय पनि मननीय हुनेछ । तर, मूल कुरा के छ भन्दा आफू बसेको संस्थाको साख गिर्न नदिन उहाँहरूले गर्नचाहिँ केही पनि पर्दैन । किनभने उहाँहरू बसिरहेको यो जो संस्था छ, त्यसको साख अहिले नै यति गिरिसक्यो कि अब त्योभन्दा गिर्ने अर्को ठाउँ नै छैन । तल गिर्ने ठाउँ नै छैन भनेपछि त्यसलाई फेरि नगिराउन केही गरिरहनै परेन ।

गिर्ने ठाउँ नै नभएपछि अब फेरि गिर्ला भनेर चिन्ता पनि लिनु परेन । त्यसैले नेताहरूले अब देश गिर्ला भनेर पीर मान्नुपर्ने कुनै विषय बाँकी रहेन । ढुक्क भएर ‘काम’ गरे हुन्छ ।

टिप्पणीहरू