घुस रकमसहित महानगर कर्मचारी अख्तियारको नियन्त्रणमा

घुस रकमसहित महानगर कर्मचारी अख्तियारको नियन्त्रणमा
सुन्नुहोस्

पोखरा महानगरपालिकाका एक जना कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा पुगेका छन् । फाइल फछ्र्यौट शाखाका कपिल गिरीलाई घुस रकमसहित फेला पारेपछि पक्राउ गरिएको बताइन्छ । 

सेवाग्राहीसँग मागेको २५ हजार घुससहित उनलाई महानगरबाटै पक्राउ गरिएको हो । आयोगको पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेका अनुसार उनले अख्तियारमा परेको उजुरी मिलाइदिन भन्दै सेवाग्राहीसँग घुस रकम लिएको जानकारी प्राप्त भएपछि टोली महानगर पुगेको थियो ।

टिप्पणीहरू