देखिँदै देशका दुःख

मुलुकको आर्थिक अवस्था दिनानुदिन नाजुक हुँदैछ अर्थतन्त्रमा नकारात्मक सूचकहरू देखिँदा पनि सुधार हुँदैछ । १२ सय अर्ब उठ्न निकै गाह्रो रहेको अवस्थामा आगामी आर्थिक वर्षका निम्ति १३ सय अर्बको बजेट जेठ १५ गते प्रक्षेपण गर्न लागिएको छ ।
क्षेपित राजश्व उठ्न नसक्दा सरकारले आन्तरिक ऋण लिएर भए पनि कार्यक्रम गर्ने चलनलाई निरन्तरता दिने गरेको छ । यसले झनै गम्भीर आर्थिक संकट निम्त्याउन सक्छ । राजश्वलाई स्रोत बनाएर राखिएको कार्यक्रमहरूको खर्च सतप्रतिशत जस्तै हुने गरेको छ भने त्यस्तो खर्च नपुग भएको अवस्थामा आन्तरिक ऋण लिएर खर्च धान्ने प्रवृत्ति हावी छ । उठेको राजश्व र आन्तरिक ऋणले नै साधारण खर्च धान्नु बाध्यता पनि हो किनकि वैदेशिक ऋण त्यस्तो कार्यक्रममा खर्च गर्न पाइन्न । लिएको ऋणले पुँजी निर्माण हुने, त्यसबाट साँवा र ब्याज तिर्न सकिने कार्यक्रमहरूमा मात्रै वैदेशिक ऋण खर्चिने व्यवस्था छ ।
द्योगीले बैंकबाट ऋण लिएर उद्योग सञ्चालन गरेपछि प्राप्त फाइदा किस्ताबन्दीमा तिरेजस्तै सरकारले पनि वैदेशिक तथा आन्तरिक ऋणमा सञ्चालन गर्ने आयोजनाबाट हुने फाइदाबाट विस्तारै किस्तावन्दीमा तिर्दै जाने हो । तर हाम्रो सन्दर्भमा ऋण लिँदै घिउ खाने काम मात्रै भएको छ । ऋण लिएको पैसाले साधारण खर्च, बिजुली, पानीको महशुल, कार्यालय सञ्चालन, स्टेशन गरी खरिद, कर्मचारीको तलवलगायतका विषयहरूमा यो खर्चिने चलन छ । यसै कारण ऋणम् कृत्वा घृतम् पिवेत् भनिएको हो ।
टिप्पणीहरू