राष्ट्र बैंकमा १९ जना संक्रमित

राष्ट्र बैंकमा १९ जना संक्रमित

नेपाल राष्ट्र बैंकमा पनि एकैचोटी १९ जना कर्मचारी संक्रमित भएका छन् । बैंकको केन्द्रीय कार्यालय,बालुवाटार र काठमाडौंको विभिन्न ठाउँमा रहेका कार्यालयका कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

यसअघि डेपुटी गभर्नर शिवराज श्रेष्ठ कोरोनाबाट मुक्त भएसँगै आज बैंकका एकजना कार्यकारी निर्देशकमा पनि संक्रमण देखिएको छ ।

बैंकले दशैंको पूर्व सन्ध्यामा नयाँ नोट नसाट्ने सूचना जारी गरेको छ ।

झण्डै एक सय जनाको हाराहारीमा कर्मचारी संक्रमित भइसकेको अवस्थामा आइतबार १९ जना कर्मचारी थपिएका हुन् ।

यसैबीच बैंकले दशैंको पूर्व सन्ध्यामा नयाँ नोट नसाट्ने सूचना जारी गरेको छ ।कोरोना संक्रमणको जोखिम उच्च रहेको देखाउँदै बैंकले विगतका वर्षमा झैँ यस पटक नयाँ नोट साट्ने कार्यक्रम नरहेको बताएको हो ।

टिप्पणीहरू