किन बोलाइयो बालुवाटारमा वामदेवलाई ?

किन बोलाइयो बालुवाटारमा वामदेवलाई ?

गत साता प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष तथा हालै राष्ट्रिय सभामा रास्ट्रपतिद्वारा मनोनीत वामदेव गौतमसँग गर्नुभएको भेटघाटलाई धेरैले मन्त्रिमण्डल पुनर्गठनको विषयसँग जोडेर ब्याख्या गरे ।

सर्वोच्च अदालतमा परेको मुद्दालाई लिएर पार्टीभित्रैका कतिपयले गौतमको सट्टा प्रतिनिधि सभाकी समानुपातिक सांसद तथा गौतम पत्नी तुलसा थापालाई मन्त्री बनाउन लागिएको चर्चा पनि चलाए । तर, ती सबै ‘हावा कुरा’ भएको स्वयम् गौतमले बताउनुभएको छ ।

वहाँका अनुसार प्रधानमन्त्रीसँगको पछिल्लो भेट सम्बन्ध सुधारको लागि बालुवाटारले गरेको बोलावटमा आधारित थियो । सांसद बनाउने कि नबनाउने ? मन्त्री बनाउन मिल्ने कि नमिल्ने ? भन्दै गौतमबिरुद्ध गरिएको हल्लाले केही महिनादेखि गौतमसँग बालुवाटारको सम्बन्ध चिसिएको थियो ।

हिजो कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध नेकपाका १८ जना प्रदेश सांसदले पेश गरेको अविश्वास प्रस्तावको राँको अब अन्यत्र पनि सल्कन सक्ने गौतमले समेत आशंका गर्नुभएको छ ।

टिप्पणीहरू