सडकको बीचमा खम्बा, बजेट ३३ लाख जम्मा
प्रदेश सरकारको अनुपम विकासको नमूना यतिखेर ललितपुरको भैंसेपाटीमा देखिएको छ ।
भैंसेपाटी महिला धरदेखि गोकुल आवास चोकसम्मको सडक कालोपत्रे गर्ने र ललितपुर महानगरपालिका–२५ स्थित नयाँ बजारबाट तालिम केन्द्रसम्म बनाइएको बाटोलाई स्थानीयले ‘नमूना विकास’ को विशेषण दिएका छन् । जेनिशा देवी कन्स्ट्रक्सनले निर्माण गरेको भनिएको उक्त सडकको बीचमा बिजुली र टेलिफोनको पोल यथावत् राखेर ढलान गरिएको छ ।
बागमती प्रदेशको पूर्वाधार विकास कार्यालयको उक्त निर्माण कार्यको लागत अनुमान ४८ लाख रुपैयाँ भएपनि ठेकेदारसँगको सम्झौता ३३ लाख ३६ हजार रुपैयाँमा भएको हो । राज्य कोषको चरम दुरुपयोग भएको उक्त निर्माणले इञ्जिनियर,प्रशासन,ठेकेदार र स्थानीय उपभोक्तालाई नराम्रोसँग गिज्याएको छ । ठेक्का सम्झौता गत फागुन १६ मा गरिएको थियो भने काम बैशाख २७ गतेदेखि भएको हो ।
सम्झौताअनुसार कार्य सम्पन्न गर्नुपर्ने म्याद भने जेठ २० गते नै थियो । तोकिएको समयमा कार्य सम्पन्न नभएको ढलान गरिएको बाटोको लम्बाई १ सय ३७ मिटर र ढल निकास १ सय ५० मिटर छ ।
टिप्पणीहरू