प्रधानमन्त्री कार्यालयमा त्राहिमाम
कोभिड– १९ को उच्च संक्रमणका कारण अस्तव्यस्त भएको सिँहदरवारस्थित प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुको भागाभाग शुरु भएको छ ।
निजामती, राजनीतिक नियुक्ति, सेना, प्रहरी, सशस्त्र र गुप्तचर गरी दैनिक सयभन्दा बढी कर्मचारी प्रधानमन्त्री त्यहाँ काम गरिरहेका हुन्थे तर हिजोआज चरो–मुसो भेट्न मुस्किल छ । प्रवेशद्वारहरुमा ड्युटी खटिने प्रहरी, प्रधानमन्त्रीको एस्कर्टमा हिँड्नुपर्ने सुरक्षाकर्मीबाहेकका मानिसहरुको त्यति चहलपहल छैन ।
११ महाशाखामा रहेको प्रधानमन्त्री कार्यालयभित्र अहिले २० जना संक्रमित छन् । संक्रमणको उच्च जोखिममा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई खतरामुक्त गर्नुपर्ने कारण संक्रमितहरु पहिचान हुनासाथ बालुवाटारबाट अन्यत्र पठाइने गरिन्छ । अधिकांश संक्रमित होम आइसोलेसनमा बसेका छन् ।
स्वास्थ्यस्थितिमा केही जटिल समस्या आएका संक्रमित भने उपत्यकाका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।
टिप्पणीहरू