कङ्गोबाट सेना आउँदा झन नाङ्गो
अस्ति कंगोबाट आएका शान्ति सेनाले क्वारेन्टाईनमै जाँड खाएर बबाल मच्चाएको १० दिन पनि पुगेको छैन अहिले आएको मिनुस्का टोलीले पनि कम्तीमा १५ देखि २० टन त रक्सी मात्र बोकेर आएको थाहा पाईएको छ। मिसनबाट ल्याउन नपाउने काजु लगायतका सामान त कति हो कति ! हामीलाई भने झोला जाँचेर खाली गराए। उक्त मिसनमा सैनिक प्रहरी पनि नेपाली सेना नै छ। जाने गणपतिले आफ्नो झोला कसैलाई पनि हेर्न दिएनन् ।
अहिले सैनिक प्रहरीमा तिनै सरोज कार्की गणपति छन्,जसले नम्बर २ जगदल गणको गणपति हुँदा नयाँ निर्माणको पैसा सखाप बनाएका थिए । त्यतिबेला राजेन्द्र कार्कीको आफन्त भएकाले मिसन जान पाएका हुन् । अहिले आउने टोलीले उनको मात्र ६० लिटर रक्सी ल्याएको छ । दुईजना गणपतिले सिपाहीलाई बजार जान नदिई प्रति व्यक्ति एक वटा बोटल बोकाएर पठाएका छन् ।
एक जना अधिकृतको चार वटासम्म झोला त लेबनान मिसनमा पनि हुँदैन ।
सामान पास भएको यकिन गर्न सैनिक प्रहरीका मेजरहरू आँफै एयरपोर्ट आएका थिए,आफूहरूले पनि सिपाही मारेर काजु किसमिस पठाएका छन् । अरूको झोलाबाट सामान झिकेर फाल्नेहरू आज नरम भएको देखेर मुभकनहरूले रमाईलो मानेको पनि देखियो । एक जना अधिकृतको चार वटासम्म झोला त लेबनान मिसनमा पनि हुँदैन । यता सिपाहीको भने २० किलो पनि पुगेको छैन ! नेपालमा सबै सामान मिलाउने जिम्मा सैनिक प्रहरीका गणपति ईमेश मेहरको रहेछ । आईडिया दिने उनै हुन् ।
टिप्पणीहरू