भारतीय सैनिक विमान भोलिमात्र फर्कने

भारतीय सैनिक विमान भोलिमात्र फर्कने

आज अपरान्ह १२.४५ बजे भारतीय सेनाको एउटा विमान काठमाडौं विमानस्थलमा अवतरण हुँदै छ । उक्त समयको लागि एउटा कूटनीतिक उडान तय भएको भनिएपनि उक्त उडान भारतीय वायुसेनाले गर्न लागेको बुझिएको छ । कूटनीतिक उडानमा को आउन लागेको भन्ने व्यहोरा खुलाइएको छैन ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको कार्तिक १८ देखि शुरु हुने नेपाल भ्रमणअघि उताको सेनाले ‘रेकी’ गर्ने क्रममा उक्त विमान आउन लागेको उच्च स्रोतले दाबी गरेको छ । त्यसको लागि भारतीय सेनाको विमान काठमाडौं आउन लागेको हो । उडानमा प्रयोग हुने विमानको बारेमा आईएफसी उल्लेख गरिएपनि सम्पूर्ण जानकारी निकै गोप्य राखिएको छ ।

विमानमा को को सवार हुँदैछन् भन्ने बारेमा केही खुलाइएको छैन । वायुसेनाको विमान आज यतै बस्नेछ । भोलि बिहान साढे ९ बजेमात्र विमान भारत फर्कने स्रोतले बतायो ।

टिप्पणीहरू