भारतबाट आएकामध्ये दुईजना गए
भारतीय गुप्तचर संस्था ‘र’ का प्रमुख सामन्त गोयल र अरुण जैनसहित नौ जनाको टोली लिएर आएको इण्डिया फोक्स्टर चार्ली ४६२० कलसाइनको विशेष सैनिक विमान आज बिहान १० बजेर आठ मिनेट जाँदा काठमाडौंबाट उडेको छ ।
स्रोतका अनुसार हिजो आएकामध्ये दुई जना मुख्य हाकिम फर्किएका छन् । विमानस्थलको सुरक्षा व्यवस्थामा निकै कडाई गरिएकाले हिजो सङ्गै आएका अरुचाहिँ यतै बसे कि गए प्रष्ट छैन ।
हिजो दिल्लीबाट आउँदा विमानमा को-को सवार थिए भनेर कहिँ कतै नखुलाईए झैँ आज फर्किएकावारे पनि कुनै जानकारी दिइएको छैन ।
गोयलले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास पुगेर भेट गरेका योगल र प्रधानमन्त्रीबीच दुई देशबीचको आपसी सम्बन्ध र समस्या समाधानका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका छन् ।
टिप्पणीहरू