प्रधानमन्त्रीको सन्देशमा किन भयो त्रुटि ?

प्रधानमन्त्रीको सन्देशमा किन भयो त्रुटि ?

आज हिन्दूहरुको महान पर्व बिजया दशमीको सातौँ महत्वपूर्ण अवसर अर्थात फूलपातिको दिन । यस अवसरमा आजै सरकार प्रमुख केपी शर्मा ओलीले देशवासीका नाममा शुभकामना सन्देश जारी गर्नुभएको छ । कोरोना संक्रमण र चाडबाडको तनाववीच प्रधानमन्त्रीको तहबाट यसरी सन्देश प्रवाह हुनु निश्चय नै सकारात्मक र स्वागतयोग्य कुरा हो ।

तर, राज्यको उपरी नेतृत्वबाट दिइने औपचारिक वक्तव्यहरुमा एउटै पनि कमि कमजोरी नरहोस् भन्नेतिर भने पर्याप्त ध्यान पुर्याइनुपर्ने हुन्छ । यो सन्देशमा पनि त्यस्तै त्रुटि देखिएको छ । लिम्पियाधुरा, कालापानी, लिपु भञ्ज्याङ् समेटेर नयाँ नक्सा जारी गर्ने, सम्बिधान सँशोधन गर्ने प्रधानमन्त्रीले “र” प्रमुख फर्केलगत्तै देशवासीका नाममा अफिसियल लोगोसहित जारी गरेको बिजया दशमीको शुभकामना सन्देशबाट नक्साको चुच्चो जानाजान हटाएको कि छुट्टै कारण छ ! जनता जवाफ खोजिरहेछन् ।

टिप्पणीहरू