सुनसरीको एसपीविरुद्ध छानबिन समिति गठन

सुनसरीको एसपी कमल थापाले आर्थिक लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । उजुरी परेर अख्तियारले प्रदेश प्रहरी कार्यालय विराटनगरलाई पत्र काटेपछि आगुऔषध तथा सुर्तीजन्य पदार्थमा पैसा माग्ने गरेको भन्दै उजुरी परेपछि छानबिन समिति समेत गठन भएको छ । एसपी थापाले बोर्डर क्षेत्रमासमेत आफ्नो सेटिङको प्रहरी राखेर तस्करीसमेत गर्दै आएको स्रोतले बताएको छ ।

लागु औषधमा पैसा माग्ने मिल्यो भने छोड्ने पैसा नदिए मुद्धा चलाउने गरेको गुनासो सहित उजुरी परेपछि छानबिन सुरु भएको हो । पछिल्लो समयमा हरियो केराउ पनि तस्करी हुने गरेको छ । सुनसरीको सिमावर्ती क्षेत्रबाट प्रहरीकै संलग्नतामा हरियो केराउ तस्कर भइरहेको सुनसरीकै एक प्रहरीले बताए ।

प्रदेश नम्बर एक प्रहरी प्रमुख डिआईजी इश्वरबाबु कार्कीले सुनसरीको एसपी थापाको उजुरी परेको बताए । उनले रिसिबीको आधारमा पनि उजुरी परेको हुन सक्ने भन्दै जिल्लाका एसपीहरु विरुद्ध उजुरी परिरहने भएकाले एसपी मनोज यादवको नेतृत्वमा समिति बनाएको बताए ।

छानबिन समितिका संयोजक मनोज यादवको टोलीले आरोपित सुनसरीका एसपी कमल थापाको समेत बयान लिने काम सकेको बताएको छ । समितिले बयानको आधारमा यो प्रतिवेदनलाई प्रदेश प्रहरी कार्यालय पठाउने र उक्त प्रतिवेदनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा बुझाउने छ ।

टिप्पणीहरू