कमरेडको हैसियत दुई कौडीको ?
कम्युनिष्ट पार्टीका प्रत्येक बैठकमा हुनैपर्ने आलोचना–आत्मालोचना सामाजिक सञ्जालमा छरपष्ट हुन थालेका छन् ।
नेकपा जाजरकोटका सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमुख कमान खड्का र अनेरास्ववियुको केन्द्रीय निर्वाचन आयोग सदस्य शेखर बोहराबीच फेसबुके दोहोरी जारी छ । कमानले दुई कौडीको हैसियत नभएको बौलाहा र काठमाडौंका क्याम्पसमा चन्दा उठाएर बस्नेहरूको कुनै सामाजिक हैसियत नहुने भन्दै लज्जाजनक गालीगलौज गरेका छन् । अनेरास्ववियु केन्द्रीय कमिटीको सर्कुलरलाई बेवास्ता गर्दै गैरविद्यार्थी एवं व्यापारी सम्मिलित जिल्ला कमिटी पुनर्गठन गरिएको गुनासोसहित केही दिनअघि बोहोरा र साविक जिल्ला सचिव रामचन्द्र घर्तीको नेतृत्वमा केन्द्रीय कमिटीसमक्ष असहमति पत्र पेश गरिएको थियो । पार्टी केन्द्रले ल्याएको आचारसंहिताविपरित दोषारोपण र गलत सन्देश प्रवाहमा तम्सिएका दुवै जनालाई कारबाही गरिनुपर्ने माग कार्यकर्ताको छ ।
टिप्पणीहरू