नेपालबारे फिलिपिन्सको राजधानीमा छलफल हुँदै

नेपालबारे फिलिपिन्सको राजधानीमा छलफल हुँदै

सम्पत्ति शुद्धीकरणसम्बन्धी मामिला हेर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को बैठकमा भाग लिन सरकारी टोली फिलिपिन्स गएको छ । 

थाई एयरवेजको टिजी–३१० मा गएराति काठमाडौंबाट बैंकक हुँदै टोली मनिला प्रस्थान गरेको हो । टोलीमा नेपाल प्रहरीका एआईजी टेकबहादुर तामाङ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव फणिन्द्र गौतम छन् ।

एफएटिएफको बैठक आगामी शुक्रबारदेखि मनिलामा बस्दैछ । मनी लाउण्डरिङ नियन्त्रणमा नेपालको विद्यमान अवस्थाप्रति प्रश्न उठाउँदै कालोसूची अर्थात् ‘ग्रे जोन’ मा राख्ने चेतावनी दिइएको सन्दर्भमा बस्न लागेको यो बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ । 

एफएटिएफको बैठकमा नेपाल राष्ट्र बैंक र वित्तीय जानकारी इकाइका अधिकारीहरु पनि सहभागी हुँदैछन् ।
 

टिप्पणीहरू