‘र’ प्रमुखको प्रधानमन्त्रीलाई के हुनसक्छ कोशेली ?
०७२ सालको माघ २६ गते पूर्व प्रधानमन्त्री सुशील कोइरालाको देहावसानमा श्रध्दान्जली चढाउन वायुसेनाको जहाज लिएर भारतबाट बिदेशमन्त्री सुषमा स्वराज नेपाल आइन् । उक्त टोलीमा काङ्ग्रेस,कम्युनिस्ट,जनता दलसहित सबै प्रतिपक्षी दलका नेता सँलग्न थिए,अलिअगाडि नेपालमाथि नाकावन्दी लगाउन भूमिका खेलेका प्रधानमन्त्री नरेन्द्र मोदीका रास्टृय सुरक्षा सल्लाहकार अजित डोभाल पनि सङ्गै आए । त्यो बेला उक्त यात्रालाई अन्यथा मानिएन किन त्यसमा सरकारको लेजिटिमेट प्रतिनिधित्व थियो बिदेश मन्त्रीको तहमा । तर,यसपालिको परिस्थिति भिन्न रह्यो । सेनाको जहाजमा गुप्तचर प्रमुख आए इतिहासकै पहिलो घटनाको रूपमा । यही कात्तिक ५ गते दिउँसो भारतीय खुफिया संस्था ‘र’ का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आए । राती साढे ९ बजेदेखि मध्यरातसम्म तीन घण्टा प्रधानमन्त्रीसँग वार्ता गर्न भनेर बालुवाटार पुगे । उक्त गोप्य वार्ताको बेलिबिस्तार केही पनि बाहिर आएको छैन । यसबीच आगामी साता स्थल सेना प्रमुख मनोज मुकुन्द नरवाणे नेपाली सेनाको मानार्थ महारथिको दर्जा ग्रहण गर्न काठमाडौं आउँदैछन् । तर,यता रक्षामन्त्रीको जिम्मेवारी भने दशैंअघिको मन्त्रिमण्डल पुनर्गठनमा ईश्वर पोखरेललाई हटाएर स्वयँ प्रधानमन्त्रीले लिनुभएको छ ।
गोयल र नरवाणेको भ्रमणलाई राजनीतिक वृत्तले निकै सावधानीका साथ हेरेको छ । दुबै भ्रमणलाई नेपालले हालै जारी गरेको नयाँ नक्साले समेटेको भूभागप्रति भारत सरकारको असन्तुष्टि पोख्ने अवसरको रूपमा प्रयोग गरिएको विश्लेषण एकथरिले गरेका छन् भने अर्काथरिले चाहिँ प्रधानमन्त्री केपी शर्मा ओली सरकारको बारेमा भारतले बनाएको पछिल्लो धारणा ‘फेस टु फेस’ जानकारी दिनमा प्रयोग गरिएको ठोकुवा गरेका छन् ।
हुन तः यसअघि भारतीय प्रधानमन्त्रीको कार्यालय (पीएमओ) को धारणा भन्दै सोसम्बन्धमा केहि कुरो बाहिर आएको थियो । नेपालले नयाँ नक्सा जारी गरेपछि पीएमओले कालापानी र लिपुलेकको बारेमा आफूले सोचौंला,हेरौंला,बिचार गरौंला भन्ने आशयको कुनैपनि प्रतिबद्धता नेपालसमक्ष जाहेर नगर्ने सूचनालाई अनौपचारिक माध्यमबाट सम्बन्धित ठाउँमा पुर्याएको थियो । भारतले त्यसो गर्नुको अर्थ ‘कालापानी र लिपुलेकको एजेण्डामा प्रवेश गरेर नेपालसँग कुनैपनि वार्ता नगर्ने भन्ने अडान रहेको’ भारतीय दूतावाससँग निकट स्रोतको दाबी छ ।
भारतले सो कुराको जानकारी गराउँदै नेपाललाई सोहीबमोजिम महसुस गराउन ‘कुराकानी त थाल्न सकिएला तर,तिमी त्यससम्बन्धमा कुनै थप कदम नचाल अन्यथा,आज आफूले चालेको कदमलाई भोलि तिमी आफैँले टुङ्गोमा पुर्याउन सक्दैनौ’ भन्ने मन्त्र वाक्य सुनाउने क्रममा सामन्त एक्कासी काठमाडौं आएको स्रोतले बताएको छ । त्यसो त बिदेशी गुप्तचर प्रमुख स्वयं यसरी हाकाहाकी आएर प्रधानमन्त्रीसङ्ग सीधा संवाद गर्नु यता अप्ठ्यारो पर्दा राहत पुर्याउनु हो भन्नेहरुको पनि कमि छैन । भारतीय पक्षले नेपाललाई पछिल्लो छ महिनादेखि सीमा विवाद सम्बन्धमा कुनैपनि किसिमको ‘फरवार्ड स्टेप’ नचाल्न सुझाव दिएको छ ।
भारतसङ्ग कडिकडाउ कुरा गर्ने हो भने नेपालसङ्ग सार्कको अध्यक्ष र चीनको छिमेकी हुनुको फाइदा पनि छ । तर,ब्यवहारमा त्यसो हुन सकिरहेको छैन । जोश चल्दा मच्चिने र अरु बेला थच्चिने विशेषता नै बन्न पुगेको देखिन्छ ।
दशैंअघि शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यपुस्तक सार्वजनिक हुनबाट एकाएक रोकिनु पनि त्यसैको एउटा कारक थियो भनिन्छ । पाठ्यपुस्तक प्रकाशन हुन लागेको सुईंको पाएलगत्तै भारतले उपल्लो निकायमा ‘कलिला बालबालिकाको दिमागमा भारतबिरोधी विष हालेर भारतले हाम्रो भूमि खोस्यो (खायो) भनेपनि आखिर त्यो कुरा नेपालले कहिल्यै पुनर्प्राप्ती गर्न नसक्ने ठोकुवा गर्दै त्यस्तो विषय तन्काउन किन नेपाल उध्यत छ ?’ भनेर प्रश्न गरेको श्रोतको दावी छ ।
भारतसङ्ग कडिकडाउ कुरा गर्ने हो भने नेपालसङ्ग सार्कको अध्यक्ष र चीनको छिमेकी हुनुको फाइदा पनि छ । तर,ब्यवहारमा त्यसो हुन सकिरहेको छैन । जोश चल्दा मच्चिने र अरु बेला थच्चिने विशेषता नै बन्न पुगेको देखिन्छ ।
भारतले सिमानाको एजेण्डामा कुनै पनि खालको द्विपक्षीय वार्ता गर्दै नगर्ने अड्डी कस्दै आएको छ । कूटनीतिक र राजनीतिक च्यानलको मर्यादाभित्र रहेर आफूले गरेको प्रयासलाई नेपालले मतलब नगरेको निश्कर्ष निकालेपछि भारतले अहिले खुफिया एजेन्सीका प्रमुखलाई परिचालन गरेको हो ।
यसबीच एक्कासी सामन्त जुन ढंगले काठमाडौं आएर प्रधानमन्त्रीसँग गोप्य भेट गरे त्यसमा दुईथरि अड्कल लगाइएको छ । पहिलो अडकलमा ‘पाँच बर्षको लागि निर्वाचित सत्ता भएकोले यसको निर्वाध निरन्तरतामा असल छिमेकीको नाताले सद्भाव र सहयोगको प्रतिबद्धता ।’
दोस्रो तथा मुख्य विषय: पुराना सम्बन्ध र सहयोगका प्रसङ्ग कोट्याएर प्रधानमन्त्रीलाई झसङ्ग बनाउनु तथा ‘सिमानाको बारेमा थप ‘फरवार्ड स्टेप’ नचाल्न मित्रवत सुझाव दिनु । स्रोतका अनुसार भारतको सहयोग रहने भरपर्दो आश्वासन दिएर मध्यराति गोयल बालुवाटारबाट बाहिरिएको सूचना भारतीयहरूले काठमाडौंमा छरपस्ट पारिरहेका छन् ।
हुन तः यस्ता चेतावनीपूर्ण कुरा,भाषा र शैलि कूटनीतिक च्यानलले व्यक्त गर्न सक्दैन । राजनीतिक तहमा पनि औपचारिक र सांकेतिक भाषा मात्र प्रयोग गरिन्छ । अन्य देशका अनुभवलाई हेर्ने हो भने पनि सर्वत्र सुराकी र खुफिया एजेन्सीले मात्र त्यस्तो काम गर्ने गरेको पाइन्छ । सामन्त स्वयम सुरक्षा निकायको पृष्ठभूमिबाट आएकाले त्यसरी कुरा राख्नुलाई खुफिया एजेन्सीहरूले स्वाभाविक रूपमा लिएका छन् ।
अर्कोतर्फ भारतीयहरूले नेपाल सरकारले “सार्वजनिक खपतको लागि” जे बोले वा जे गरेपनि सेनाबीचको सम्बन्धलाई उसले यो वा त्यो नाममा ‘ब्रेक’ गर्न नसक्ने विश्वास लिएका छन् । हुन पनि दुबै देशका सेनामाझ धेरै पुस्तादेखि कसिलो सम्बन्ध रहँदै आएको छ । उनीहरूबीच कहिल्यैपनि ‘वारफुटिङ्ग’ को अवस्था नआउने विश्वास कायम रहिआएको छ । त्यसैको आधारमा भारतीयहरूले नेपालको राजनीतिक नेतृत्वले इच्छा नराख्दा नराख्दै पनि दुई देशका सेनाको पहलमा नेपाल सरकारसँग कुरा गरेर अन्ततः नरवाणेको भ्रमण तय गरेको हुनुपर्छ ।
स्थल सेनाध्यक्ष नरवाणेले प्रधानमन्त्री ओलीलाई भेटेर सीमा विवादलगायतका विषयमा सम्झाउने भन्ने कुरोमा कुनै सत्यता नरहेको विज्ञहरू बताउँछन् । किनकि उनको औपचारिक च्यानल र सम्वाद नेपाली सेनासँग मात्र हुने भएकाले उनले जे कुरा भनेपनि नेपाली सेनाका सेनापतिसँग मात्रै गर्ने हो । उच्च सुरक्षा सूत्रका अनुसार नरवाणेले आगामी साता तीन दिन काठमाडौंमा रहँदा नेपाली सेनापतिलाई नामै नलिई तर प्रष्ट बुझिने गरी चिनियाँ जनमुक्ति सेनाको पोजिशनबारे ‘फेस टु फेस’ कुरा गरेर सहयोग बृध्दिबारे अवगत गराउने सोच हुनसक्छ ।
तर,उनले प्रधानमन्त्री,राष्ट्रपतिलगायतका विशिष्ट राजनीतिक व्यक्तित्वलाई भेटेपनि त्यो शिष्टाचार भेट मात्र हुने भएकाले त्यसले गहिरो अर्थ नराख्ने बताइन्छ । नरवाणे आगमनको सतहमा मानार्थ महारथिको हैसियत ग्रहण गर्ने भनिएपनि लुकेको एकमात्र टार्गेट भनेको नेपाली सेनालाई उत्तरी छिमेकीप्रति धेरै नढल्कने गराउनु हो ।
टिप्पणीहरू