माधवलाई बालुवाटारको मन्त्रणा…

माधवलाई बालुवाटारको मन्त्रणा…

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको सम्बन्ध सुमधुर हुन छाडेको गन्ध पाएपछि मंगलबार बिहान १२ वरिष्ठ नेता माधवकुमार नेपालको फोन थिच्नुभयो । फोनबाटै भन्नुभयो ‘कमरेड,आज बाह्र बजेतिर एकछिन भेटको लागि यता आउनुहोस् न ! ’
‘निम्तो आएपछि नजान भएन’ भन्दै मन गहौं बनाएर नेता नेपाल लगत्तै बालुुवाटार हुइँकिनुभयो । सञ्चो बिसञ्चोको औपचारिकता निभाएपछि अध्यक्ष तथा प्रधानमन्त्रीले एकोहोरो अर्का अध्यक्षको खोइरो खन्नुभएको स्रोतको दाबी छ । स्रोतका अनुसार, प्रधानमन्त्रीले नेपालसँगको पूरै समय प्रचण्डलाई सभ्य भाषामा गालीगलौज गर्नमै बिताउनुभयो ।
प्रधानमन्त्रीको भनाई उल्लेख गर्दै स्रोत भन्छ ‘उहाँ धोकेवाज हुनु हुुँदोरहेछ । उहाँकै कारण तपाईं र मेरो बीच दूरी बढ्यो । नत्र हामी जस्तोसुकै परिस्थितिमा नमिली धरै थिएन र छैन पनि ।’ प्रधानमन्त्रीले अगाडि भन्नुभयो ‘तपाईंलाई केही गर्न खोजियो,सरसल्लाह गर्न खोजियो कि उहाँले मन नपराउने । सँधै दुईजना अध्यक्ष मात्र मिलेर गर्नुपर्यो भनेपछि जहिल्यै लफडा ।’
मौन बसेर प्रधानमन्त्रीको कुरो सुनिरहनुभएका नेपालसमक्ष सहमतिको प्रस्ताव पेश गर्दै प्रधानमन्त्रीले भन्नुभयो ‘अब तपाईं र म मिलेर जानुपर्यो । हामी मिल्नुको विकल्प छैन । तपाईं जे भन्नुहुन्छ म त्यहि गर्न तयार छु ।’
सहमतिको रोडम्याप कस्तो छ ? सोध्न नपाउँदै प्रधानमन्त्रीले भनिहाल्नुभयो ‘ठीक छ,पार्टी अध्यक्षको नाताले तत्काल प्रधानमन्त्री छोड्ने कुरो भएन । उहाँले गरेको सँधैको किचकिचलाई किनारा लगाउन पनि महाधिवेशनसम्म पार्टी अध्यक्ष छोड्ने कुरो भएन । मन्त्रिपरिषद् पुनर्गठनको कुरो प्रधानमन्त्रीको विशेषाधिकार रह्यो । त्यसो भएकाले मनले खाएको मान्छेलाई जिम्मेवारी दिनैपर्यो । त्यो बाहेक अरु जे भन्नुहुन्छ म मान्छु । अहिले नै जिम्मेवारीमा रहेका साथीहरूलाई हटाउने भन्ने उहाँको कुरोचाँहि अलि ठीक होइन ।’
अब प्रधानमन्त्री तथा अध्यक्षले त्यत्ति सबै भनेपछि र गरेपछि बाँकीचाँहि के रहन्छ होला ? खुमलटार निकटस्थहरूको सहज उत्तर हो ‘बाँकी रह्यो दशैँको च्याँग्रो,मन लागे पकाएर खायो,मन नलागे सुकायो’ ।

टिप्पणीहरू