जगत श्रीमान जानु भो

जगत श्रीमान जानु भो

पूर्व न्यायाधीश जगतप्रसाद श्रेष्ठको असोज १४ गते कोजाग्रत पूर्णिमाको दिन हृदयघातबाट पोखरामा निधन भएको छ । ६५ वर्षीय श्रेष्ठ पहिलेदेखि उच्च रक्तचाप,मधुमेह र मुटु रोगी हुनुहुन्थ्यो ।

स्वास्थ्य अवस्था खराब हुँदै गएपछि गत शुुक्रबार फेवा सिटी अस्पताल लैजाने क्रममा बाटैमा उहाँको निधन भएको काठमाण्डौ महानगरपालिकामा कार्यरत भाइ हरिकुमारले बताउनु भएकोछ ।

श्रेष्ठले एक वर्षअघि उच्च अदालत, पोखराबाट अवकाश पाउनुभएको थियो । परिवार अहिले पर्वतको फलेवासस्थित पुर्ख्यौली घरमा किरिया बसेको छ

टिप्पणीहरू