गेरुवामा माघीको अघिल्लो दिन स्थानीय बिदा

गेरुवामा माघीको अघिल्लो दिन स्थानीय बिदा

बर्दियाको गेरुवा गाउँपालिकाले भोलि स्थानीय बिदा दिएको छ । माघे संक्रान्तिको अवसरमा बिदा दिइएको हो । 

गत पुस २४ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयानुसार स्थानीय बिदा दिइएको गाउँपालिका अध्यक्ष जमानसिंह केसीले बताए ।

‘गेरुवा गाउँ कार्यपालिकाको मिति २०८१–९–२४ गते बसेको बैठकको निर्णयानुसार हिन्दू समुदायको महान् चाड माघी पर्व तथा मकर संक्रान्ति २०८१ को पावर अवसरमा मिति २०८१–९–२९ गते एक दिन गाउँपालिकाभर स्थानीय बिदा दिने निर्णय भएको...’,सूचनामा उल्लेख छ । 

माघको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्वमा विभिन्न नदी तथा त्रिवेणी नदीमा स्नान गरी मन्दिरमा पूजाआजा गरिन्छ । घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर माघे संक्रान्ति मनाउने चलन छ । 

माघी पर्वको तयारी गर्नुपर्ने भएकाले भोलि बिदा दिइएको अध्यक्ष केसी बताउँछन् । ‘भोलि मासु काट्नेलगायत धेरै काम हुन्छ । माघी पर्वको तयारी गर्नुपर्छ । त्यसैले स्थानीय बिदा दिइएको हो’,उनले भने ।

टिप्पणीहरू