अस्ताए ‘रारा’ सांसद

अस्ताए ‘रारा’ सांसद

प्रतिनिधिसभा सदस्य तथा व्यवसायी सूर्यबहादुर केसीको हिजो राती पोखरामा निधन भएको छ । ६३ वर्षका केसी उच्च रक्तचाप र मधुमेहका बिरामी थिए । सँधै राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिमा लागेका उनी अघिल्लो प्रतिनिधि सभाको निर्वाचनअघि नेपाली काँगेसमा प्रवेश गरेका हुन् । काँग्रेसको समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनेका उनी काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत थिए ।

केसी नेपालमा मात्रै नभएर दक्षिण एसियामै तयारी चाउचाउ उत्पादन गर्ने पहिलो व्यवसायी मानिन्छन् । उनले पोखरामा झण्डै चार दशक अघिदेखि ‘रारा’ चाउचाउको उत्पादन शुरु गरेका थिए । पछिल्ला दिनमा उनले बैंकिङ्ग,जलविद्युत,घरजग्गा र खाद्यान्न उद्योगमा समेत लगानी गरेका थिए ।

टिप्पणीहरू