लप्पन छप्पन नजान्ने योध्दाको अवसान

लप्पन छप्पन नजान्ने योध्दाको अवसान

जनजातिको नाममा एमालेबाट बिद्रोह गरेर जाने पृथ्वीसुब्बा गुरुङ्ग,बिजय सुब्बा,अजम्बर काङ्ग्वाङ्ग समयक्रममा फर्किए र कोहि मुख्यमन्त्री,कोहि माननीय त कोहि केन्द्रीय सदस्य बन्न पुगे तर जहाँको तहिँ अडिएका वीरबहादुर लामा गर्विलो इतिहासलाई अभावको सिरानीमुनि राखेर हिजो महाप्रस्थानमा लागेका छन् । तत्कालीन मालेबाट भूमिगतकालमा नामअनुसारको काम गरेका वीरबहादुरको आइतबार पाटन अस्पतालमा निधन भएको छ । झण्डै दुई वर्षदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित ७० वर्षीय उनी पछिल्लो दिन मिर्गौला रोगबाट समेत ग्रसित थिए ।

०३३ साल चैतमा नख्खु जेल फोडेर भागेका तत्कालीन माले महासचिव सीपी मैनाली,प्रदीप नेपाल,गोपाल शाक्य,नारद भारद्वाज वाग्ले (हाल कतारमा राजदूत),नरेश खरेल,घनेन्द्र बस्नेत,माधव पौडेल(हाल बाग्मती प्रदेशका सभासद),हर्क खड्का,जीवन मगर (हाल कान्तिपुर दैनिकसङ्ग आवध्द),धर्म घिमिरे,निभुसिंह राजन (भारतीय कम्युनिस्ट पार्टीका कार्यकर्ता), कामेश्वर हलुवाई,भिष्म धिमाल र अशोक न्यौपाने (फ्रान्समा दिवङ्गत) सहित १५ जना राजनीतिक बन्दीमध्ये लामा पनि थिए । उनी २०४९ मा मकवानपुर जिल्ला विकास समितिको सभापति र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं ३ बाट निर्वाचित माननीय हुन् । तर,२०६८ मा नेकपा एमाले छाडेर संघीय समाजवादीमा प्रवेश गरेपछि राजनीतिक रूपमा गुमनामजस्तै इमान्दार र सोझा सिपाही थिए ।

टिप्पणीहरू