नेकपामा पत्रयुध्द

नेकपामा पत्रयुध्द

“जनताका समस्याप्रति मतलव छैन,खाली अहंकार ?”,कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी ओलीलाई हिजो उहाँले सबैलाई सम्बोधन गर्दै पठाउनुभएको पत्रको काउण्टर दिँदै आज अर्को पत्र सचिवालय बैठकसमक्ष पेश गर्नुभएको छ । सङ्गै उहाँले “पार्टीमा देखिएको गम्भीर संकट र समाधानको निकास”वारे यौटा छुट्टै प्रस्तावसमेत प्रस्तुत गर्नुभएको आजको बैठक बिस्तृत अध्ययनको नाममा मङ्ग्सिर तीन गते दिउँसोसम्मलाई सरेको छ ।

लामो समयदेखि बैठक नबसेको र समस्या समाधानार्थ स्थायी समिति बैठक माग गरिएकोमा “यहीँ छलफल भएको छैन,अहिल्यै के को स्थायी समिति ?” भन्दै तिहारपछिलाई प्रधानमन्त्रीले बैठक सार्नुभएको बताइन्छ । सचिवालयमा पेश नभई एजेण्डा बाहिर लाने ? भन्दै प्रधानमन्त्री शुरुमै पड्कनुभएको श्रोतले जनाएको छ ।

“विषय धेरै छन्,अहिले पढेर सकिन्न”-बैठक सार्न ठूलो भोल्युमको अध्यक्षको प्रस्ताव नै काफी भएको बालुवाटारमा गाइँगुइँ छ । तर,खुमल्टार श्रोतले भने यसलाई सचिवालय सदस्यहरुवीच चलखेल गर्न बालुवाटारले टाइम बाइ गर्ने हतियारको रूपमा लिएको भनी अर्थ्याएको छ ।

टिप्पणीहरू