उनी अब पक्का रास्ट्रपति
अमेरिकाकाे राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका प्रत्याशी तथा भूतपूर्व उपराष्ट्रपति जो बाइडेनले जर्जिया राज्यमा पनि जित हात पारेका छन् । प्राप्त समाचारअनुसार जर्जियामा भएको जीतलाई डेमोक्रयाट्हरूले ठूलो विजयको रूपमा लिएका छन् । यसअघि नै राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २ सय ७० इलेक्टोरल कलेजको मत कटाइसकेका बाइडेनलाई जर्जियाको मतले खासै असर नगरेपनि राष्ट्रपति डोनाल्ड ट्रम्प ढुक्कझैँ देखिएका उक्त राज्यको चुनावी परिणाम आफ्नोतर्फ परेकोमा डेमोक्रयाट्हरू खुशी देखिएका हुन् ।
यसैबीच उत्तरी क्यारोलाइना राज्यको चुनावी परिणाम भने राष्ट्रपति ट्रम्पको पक्षमा गएको छ । तर उक्त परिणामले हार जीतमा कुनै असर नपारेपनि दुबै दलले ती राज्यको परिणामलाई प्रतिष्ठाको विषय बनाउँदै आएका थिए । अन्ततः बाइडेनसँग अन्तिम मत ३ सय ६ पुगेको छ भने ट्रम्पको २ सय ३२ मा सिमित भएको छ ।
यसअघि बाइडेनले गत शनिबार पेन्सिल्भेनिया राज्यको २० मत प्राप्त गरेपछि विजयी हुन आवश्यक २ सय ७० इलेक्टोरल मत कटाएका थिए । त्यसपछि राष्ट्रपतिमा चुनिने पक्का भएका बाइडेन अब भने ३ सय ६ इलेक्टोरल मतसहित निर्वाचित भएका छन् ।
नयाँ राष्ट्रपतिको रूपमा बाइडेनले जनवरी २० तारिखको मध्यान्हदेखि औपचारिक रूपमा ह्वाइट हाउसमा जिम्मेवारी सम्हाल्ने छन् । उनीसँगै कमला ह्यरिसले पनि सोही दिनदेखि उपराष्ट्रपति पदको शपथ ग्रहण गर्नेछिन् ।
टिप्पणीहरू