कम्युनिस्टहरू यता खटपट, उता सफल

कम्युनिस्टहरू यता खटपट, उता सफल

निर्वाचनमार्फत दुइतिहाइको सरकार चलाउन सफल नेकपाको सरकार र पार्टी यतिखेर धारामराउँदो अवस्थामा पुगेको छ । नेताहरू एकले अर्कालाई आरोप प्रत्यारोप लगाउन थालेका छन् । उता, राष्टृय राजनीतिमा कमजोर मानिएको भारतिय कम्युनिस्ट पार्टीहरूले भने यसपाली बिहारमा सम्पन्न बिधानसभाको निर्वाचनमा अघिल्लो बर्षको तुलनामा बढी सफलता हासिल गर्न सफल भएका छन् ।

यसपालिको निर्वाचनमा भारतिय कम्युनिस्ट पार्टिका तीन घटक भाकपा, माकपा र भाकपा (माले-लिबारेशन)’महागठबन्धन’मा सामेल भएका थिए । उक्त गठबन्धनका मुख्य घटक लामो समय बिहारको राजनीतिका खेलाडी लालु यादबको राष्टृय जनाता दल र भारतिय राष्टृय कंग्रेस हुन् । लालुका छोरा तेजस्वी यादबको नेतृत्वमा निर्वाचन लडेको यो महागठबन्धनले २ सय ४३ सदस्यिय बिधान सभामा १ सय १० सिट जितेको छ । राजदले ७५, कंग्रेसले १९ जितेको छ भने सबै भन्दा बढी सफलता भाकपा (माले-लिबारेशन)को पोल्टामा परेको छ ।

गत निर्वाचनमा ३ सिट मात्र जितेको यो पार्टीले यसपाली ९ सिट थपेर १२ सिट पुर्‍याएको छ । पंश्चिम बंगालामा ३४, त्रीपुरामा २५ र  सबैभन्दा पहिला र पटक पटक सरकार चलाएको ( केरलामा ) माकपा भने २ सिटमै सिमित हुन पुगेको छ भने भाकपा पनि २ सिटमै । यसरि नै बिहार बिधान परिषदमा भाकपाको २ सिट छ । भारतिय तल्लो संसद लोकसभामा भने माकपाको ५ र भाकपाको १ सिट रहेको छ ।

नक्सल नेता चारू मजुमदारको हत्यापछी बिनोद मिश्रको नेतृत्वमा पुनर्गठित भाकपा (माले-लिबारेशन)का वर्तमान नेता दिपंकर भट्टाचार्य हुन् । बिहार लगायत झारखण्ड, उत्तर प्रदेश, उतराखण्ड, पन्जाब, पश्चिम बंगाल, दिल्ली, राजस्थान, उदिसा, कर्णाटक, आसाम र तामिलनाडुमा सकृय यो दलको झारखण्डको बिधानसभामा पनि १ सिट छ ।

लोकसभामा माकपाको ३, राज्यसभामा ५ सिट छ । भारतमा २८ राज्य र ८ संरक्षित क्षेत्र प्रदेश छन् । यी ८ मध्यका २ प्रदेश सभामा पनि माकपाको २ सिट छ । ८ प्रदेश सभा कूल ३१ सदस्यीय छन् । भारतभरिमा माकपाको सरकार रहेको एउटै राज्य केरला हो । त्यहाँको १ सय् ४० सदस्यीय बिधानसभामा माकपाको ५९, भाकपाको १९ सिट छ । त्यहाँका बर्तमान मुख्यमन्त्री पिनारायी बिजायान माकपाको पोलिटब्युरो सदस्य हुन् ।

टिप्पणीहरू