बालुवाटारमा के-के पाक्दैछ ?

बालुवाटारमा के-के पाक्दैछ ?

नेकपा बिबाद सल्टाउन आज बिहानदेखि बालुवाटारको सकृयता जारी छ । बिहान उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर पार्टी र सरकारमा केही नयाँ जिम्मेवारी अफर गरिएकोमा दिउँसो भने वरिष्ठ नेता माधवकुमार नेपाल र पुनः वामदेव गौतमसङ्ग केही घण्टादेखि छलफल चलिरहेकै छ ।

३ गतेका निम्ति निर्धारित सचिवालय बैठकमा छलफलको निम्ति पाँच जना नेताद्वारा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको नाममा प्रस्तुत १९ पेजको प्रस्ताव फिर्ता लिन लगाउन जुनसुकै मूल्य चुकाउन प्रधानमन्त्री तयार हुनुभएको बिहान स्पष्ट भएको छ । उहाँले सरकारमा आफ्नो निरन्तरता रहने शर्तमा अध्यक्ष छाड्ने झिनो सम्भावना पनि देखिँदैछ तर,त्यो छोडाइ उहाँको रोजाईको पात्रलाई दिनेगरी हुनसक्छ ।

यता नेताहरुसङ्ग यसरी छलफल चलिरहँदा सङ्गसङ्गै सँसदीय दलमा बहुमत पुर्याउने तयारी पनि भैरहेको बुझिन्छ । नयाँ सत्ता समिकरणको सवालमा नेकपाका दुबै पक्ष प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेससङ्ग सम्पर्कमा रहेको भरपर्दो सूचना प्राप्त भएको छ ।

आफ्नै नेताहरुवीच कुरा मिल्न नसक्दाको अवस्थामा ३ गतेलाई तोकिएको सचिवालय बैठकमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री इश्वर पोख्रेल र महासचिव बिष्णु पौडेल अनुपस्थित रहने संकेत त आइसकेकै हो । उक्त बैठकमा पनि कुनै तलमाथि भैहालेको अवस्थामा भने मङ्ग्सिर १५ देखि १७ सम्मका निम्ति केन्द्रीय कमिटीको बैठक पूर्वनिर्धारित नै छ ।

टिप्पणीहरू